१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।

पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ। राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसारको अनुसूची पछि पेश गर्ने गरी दलको नाम र निर्वाचन चिन्हसहित मात्रै निवेदन पेश भएको आयोगले जनाएको हो ।

प्रकाशित मिति : November 6, 2025 at 12:11 pm