प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यो नेप्से
२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेकाे छ । यस दिन नेप्से २.३० अंकले बढेर २६०९.७२ काे बिन्दुमा पुगेकाे छ ।
बिहीबार प्रि ओपन सेसनमा ४९ स्टकको ११४ पटकको कारोबारमा ४४ लाख ६५ हजार ५३४ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १०:५९













