शिव श्री हाइड्रोपावरको अवितरित सेयर लिलाम बिक्रीमा
२० कात्तिक, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर आजदेखि लिलाम बिक्रीमा राखेको हो ।
कम्पनीले गत भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेकाे सो सेयर अब विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायतले किन्न पाउने गरी लिलाममा राखेको छ । कम्पनीले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने कुनै संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।
लगानीकर्ताले सिटिजन्स क्यापिटलको दिल्लीबजारस्थित कार्यालय, सिटिजन्स बैंकका शाखा कार्यालयहरु–कुमारीपाटी,ठिमी, इटहरी,विराटनगर, बिर्तामोड,वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी,पोखरा,बुटवल र हेटौडा शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति कात्तिक २७ गते रहेको छ ।
प्रकाशित मिति : November 6, 2025 at 10:38 am









