१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

नेपाल वायुसेवा निगमको अध्यक्षमा विक्रम राई नियुक्त

२० कात्तिक, काठमाडाैं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा विक्रम राई नियुक्त हुनुभएकाे छ । हाल निगमकै उपाध्यक्ष रहनुभएका राईलाई अध्यक्षमा नियुक्त गरिएकाे हाे ।

निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई अध्यक्षको जिम्मेवारी दिइएको कम्पनीले जनाएकाे छ । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मंगलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउनुभएकाे छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १०:१७