२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

युके पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटकी कुमारी पक्राउ

१९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउपालिका वडा नं.०१ घर भइ काठमाडौं महानगरपालिका वडा नं. १६ बस्ने ३५ वर्षकी कुमारी तामाङ रहेकी छिन् । तामाङले युके पठाइदिन्छु भन्दै पीडित दुइ जनाबाट ६ लाख ७२ हजार लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

 सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१२ बाट बुधबार पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको  प्रहरी जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १७:१९