नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल
१९ कात्तिक, काठमाडौं । १० पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन हुनुभएकाे छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएकाे हाे । सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १६:३३












