यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१९ कात्तिक, काठमाडौँ । साताको चौंथो कारोबारकाे दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ को विन्दुमा कायम भएको हो । यस दिन ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार यूनियन हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३८ करोड ५५ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टीलरीको ३२ करोड ५३ लाख ४४ हजार रुपैयाँ, राधि विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १६ करोड ३६ लाखकाे खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १५:१४










