नेप्सेमा नेपाल एसबिआई बैंकको डिबेञ्चर सूचीकृत
१९ कात्तिक, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको डिबेञ्चर सूचीकृत भएको छ । नेप्सेमा बैंकको १० वर्षे अवधि तथा ७ प्रतिशत ब्याजदर रहेको ‘७५ नेपाल एसबिआई बैंक डिबेञ्चर २०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
नेप्सेमा बैंकको १००० रुपैयाँ चुक्तामूल्य रहेको कुल ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १४:१५












