पार्टी पुनर्गठन गर्न भुसाल पक्षले मङ्सिरमा राष्ट्रिय भेला गर्ने (पूर्णपाठ)
१९ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गर्नुभएकाे छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो समूहले कम्युनिस्ट पार्टी पुनर्गठन गर्न मंसिरमा राष्ट्रिय भेला गर्न लागेकाे बताउनुभयाे ।
उहाँले एकतामा नजाने एकीकृत समाजवादीका कमिटीका नेताहरूलाई सोही जिम्मेवारीमा क्रियाशील हुन आग्रह गर्नुभयाे ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १३:१६












