हामी मूल घर फर्किंदै छौं, हाँसेर बोल्दिए पुग्छः किसान श्रेष्ठ
१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू मूलघर फर्कन लागेको बताउनुभएको छ । उहाँले आफूहरू नेकपा एमालेमा फर्कन लागेको संकेत गर्नुभएको हो ।
आज पत्रकार सम्मेलनमा आफूहरू मूलघर फर्कन लागेको र हाँसेर बोलिदिए पुग्ने श्रेष्ठ बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’ उहाँले थप्नुभयाे, ‘हामी नि:शर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहान्छु।’ एमालेबाट अलगिएर उहाँ माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जानुभएकाे थियाे ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ११:१७










