२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एक कम्पनीको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा, तपाईको आयो त ?

१९ कात्तिक, काठमाडौं । भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।गत कात्तिक २ गते सम्पन्न कम्पनीको २५ औं वार्षिक साधारण सभाबाट गत आर्थिक बर्षका लागि प्रस्तावित  प्रतिशत नगद लाभांश (नियमानुसार नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत) सम्बन्धीत  सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हाे ।

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हकमा उक्त नगद लाभांश कात्तिक १६ गतेदेखि बैंक खातामा जम्मा गरिएको जनाएको छ ।

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्‌नो सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : November 5, 2025 at 9:39 am