२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई तत्काल पक्राउ गर्न शोभाको माग

१८ कात्तिक, काठमाडाैँ । जबरजस्ती करणी, भ्रुण हत्या र डाँकाचोरी मुद्दामा पीडित बनेकी दाबी गर्ने जानुका पाठक शोभाले प्रतिवादी एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग गर्नुभएको छ ।

मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतलाई अध्यक्ष केपी ओलीदेखि प्रहरी र न्यायिक निकायले समेत संरक्षण गरेको आरोप लगाउनुभयो । शोभाले बस्नेतले विगत ११ वर्षदेखि आफूलाई निरन्तर यौन शोषण र दुव्र्यवहार गर्दै आएको दाबी गर्नुभयो । पाठकले भन्नुभयो, ‘मैले अपराधको उजुरी दिँदा पनि राजनीतिक पहुँचका कारण उल्टै मलाई पटक–पटक पक्राउ गरी पीडित नै बनाइयो ।’

शोभाले वर्तमान सरकारका खेलकुद मन्त्री बब्लु गुप्तामाथि पनि आरोप लगाउँदै बस्नेतको योजनाअनुसार आफूलाई अपहरण गरी जबरजस्ती दुर्गा प्रसाईविरुद्ध बोल्न बाध्य पारिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार २१:०८