२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

९ दलकाे एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने

१८ कात्तिक, काठमाडौँ । नेकपा (माओवाद केन्द्र) र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ ।

प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराउनुभएकाे हाे ।  पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १७:३३