२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत, कुनको कति ?

१८ कात्तिक, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा एशियन लाइफ इन्स्योरेनस र एशियन लाइफ इन्स्योरेनस कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हाे ।

नेप्सेमा एशियन लाइफ इन्स्योरेनसको ४२ प्रतिशत हकप्रद सेयर बापतकाे १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर बापतकाे ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १५:५१