सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६ सयभन्दा तल झर्यो
१८ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५.२४ को बिन्दुमा बन्द भएको छ । मंगलबार ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो ।
मंगलबार एक कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन माबिलुङ्ग इनर्जी लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २७ करोड रुपैयाँको काराेबार भएकाे छ । मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १५:२१












