२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

माबिलुङ इनर्जीको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका सेयरधनीले कमाए सर्वाधिक

१८ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५.२४ को बिन्दुमा बन्द भएको छ । मंगलबार ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एक कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन माबिलुङ्ग इनर्जी लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।  त्यस्तै, यस दिन फ्रस्ट माइक्रोफाइनान्स लघुवित्तको ९.२० प्रतिशत, बिन्द्याबासिनी हाइड्रोपावरको ६.३८ प्रतिशत, सम्पदा लघुवित्तको ५.५४ प्रतिशत, अभियान लघुवित्तको ५.०१ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १५:१७