२२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१८ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५.२४ को बिन्दुमा बन्द भएको छ । मंगलबार ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २७ करोड रुपैयाँको काराेबार भएकाे छ । त्यस्तै, यस दिन राधि विद्युत कम्पनीको २२ करोड ४६ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ, शिवम् सिमेन्टको १८ करोड २८ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १५:०९