नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड सूचीकृत
१८ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड सूचीकृत भएको छ । नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गतको ‘एचएलआई लार्ज क्याप फण्ड’ सूचीकृत भएको हो ।
नेप्से, हिमालयन इन्भेष्टमेन्ट बैंक र लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ दरको कुल ५० करोड इकाई सूचीकरण गर्ने सम्झौता भएको हो । सम्झौतापश्चात् नेप्सेमा ‘एचएलआईसीएफ’ सिम्बोलबाट कम्पनीको फण्ड सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आह्वान गरेको थियो ।
प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १४:५८












