१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको जिम्मेवारी फेरियो

१८ कात्तिक, काठमाडाैं ।  नेपाल राष्ट्र बैंकमा ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर भएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभाग र विदेशी विनियम व्यवस्थापन विभागसहितको जिम्मेवारी हेरफेर भएको हो । गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन् ।

त्यस्तै, विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा लगिएको छ। त्यसैगरी गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालय, बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागबाट गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा लगिएको छ भने भुक्तानी प्रणाली विभागबाट किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागकाे जिम्मा दिइएको छ। वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका डा. सत्येन्द्र तिमिल्सिना भने भुक्तानी प्रणाली विभाग पुगेका छन्। साथै, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा लगिएको छ।

प्रकाशित मिति : November 4, 2025 at 12:55 pm