छ्याङदी हाईड्रोपावरका अध्यक्ष थापाको राजीनामा स्वीकृत
१८ कात्तिक, काठमाडौं। छ्याङदी हाईड्रोपावर लिमिटेडका अध्यक्ष रामेश्वर थापाको राजीनामा स्वीकृत भएको छ । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
साथै सोही बैठकले सञ्चालक टेकनाथ आचार्यको राजीनामा पनि स्वीकृत गर्ने निर्णय गरेको छ । दुवै जनाको राजीनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार ११:५५










