२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै विन्ध्यवासिनी हाइड्रोपावर

१८ कात्तिक, काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले आफ्नो उद्देश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यो निर्णय नियमनकारी निकायबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभामा पेश गर्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार ११:४०