१४०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१८ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार ११:०३












