९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त

१८ कात्तिक, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त हुनुभएकाे छ ।

कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका प्रविन कुमार मोलरीको पदावधि समाप्त भई रिक्त रहेको पदमा शुभाङ्गी सोमनलाई नियुक्त गरिएको हो। सोमनलाई कात्तिक १२ गतेदेखि लागू हुने गरी नियुक्ति गरिएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १०:२३