११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

१७ कात्तिक, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

गत भदौ २३ र २४ गते राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १७:२५