दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना बेपत्ता
१७ कात्तिक, काठमाडौं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् ।
आज बिहान सो हिमाल आरोहण गर्न नेपाली गाइड सहित ५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । घटनाको थप बिवरण आउन बाँकी छ ।
प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १७:००












