शिवम् सिमेन्टको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१७ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा पुगेको छ । यस दिन ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड ९४ लाख रुपैयाँ, राधि बिद्युत कम्पनीको २४ करोड ६१ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:१३










