प्रधानमन्त्रीसँग सबै मन्त्री र सचिवहरूको छलफल जारी
१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा सोमबार मन्त्री र सचिवहरूको बैठक बसेको हो।
वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेको उहाँको सचिवालयले जनाएको छ । अहिले बैठक सिंहदरबारमा जारी छ ।
प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:०१












