२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एडिलेड नेपाली समाज तेह्रौँ बार्षिक साधारण सभा तथा स्वयंसेवक सम्मान

एडिलेड । एडिलेड नेपाली समाज अष्ट्रेलियाको तेह्रौँ बार्षिक साधारण सभा आइतवार मिचेल पार्क स्पोर्टस सेन्टरमा सम्पन्न भएको छ ।

सभा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगका सदस्य मञ्जु खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

साधारण  सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले समाजले स्थापना काल देखी यहा रहेको नेपाली समुदायको हितमा क्रियाशिल रहेको बताउदै प्रशंसा गर्नु भएको थियो । भने सरकारले समाजिक संस्थाहरुलाई गर्ने सहयोग माथी प्रकाश पार्नु भएको थियो ।

समाजका अध्यक्ष श्याम दहालको सभापतित्व र उप सचिव जिवन भट्टराईको स्वागत मन्तव्य शुरु गरिएको कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष गणेश पराजुली, फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोईरालाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सभामा अध्यक्ष श्याम दहालद्धारा प्रस्तुत समाजको गतिविधि सहितको प्रतिवेदन, समाज उपाध्यक्ष तथा एडिलेड नेपाली विद्यालय प्रिन्सिपल एलिजा ढकालद्धारा विद्यालयको प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्द खरेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित पारित गरिएको थियो ।

सभामा फेन्का अष्ट्रेलियाका सह प्रवक्ता तथा समाजका पव्लिक अफिसर सुरेन्द्र रेग्मीले अध्यक्षको प्रतिवेदन संगै सदस्यहरु विच समाजका गतिविधी माथी प्रतिक्रियात्मक छलफल गराउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा समाजका उपाध्यक्ष बालगोपाल उपाध्यायले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव सागर श्रेष्ठले गर्नु भएको थियो ।

साथै समाजको आयोजनामा आइतवार साँझ स्थानिय मिचेल पार्कमा समाजको विभिन्न गतिविधिमा सहयोग पुर्याउने स्वयंसेवक तथा सहयोगीहरुको सम्मानमा बार्बिक्यु सम्पन्न भएको छ ।  

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १३:५८