२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सोमबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

१७ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोहीही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १०:४९