महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
१७ कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि समेत) गरी कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाइ वितरण गरिनेछ ।
प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १०:४०












