१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

एक बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ कात्तिक, काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत आवका सेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र ४।५३ प्रतिशत नगद लाभांश गरी कुल १०।५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले लाभांश पारित गर्न कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि १९ औं साधारण सभा आयोजना गर्दैछ ।

प्रकाशित मिति : November 3, 2025 at 9:59 am