१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

एक कम्पनीको बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईको आयो त ?

१७ कात्तिक, काठमाडाैं। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीले आव २०८०/८१ का लागि पारित  गरेकाे बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हाे ।

कम्पनीले एक सूचना जारी गर्दै गत जेठ २९ गते सम्पन्न कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट पारित भएको २.५० प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो।

गत जेठ २१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले उल्लेख गरेको छ । गत जेठ २१ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।

प्रकाशित मिति : November 3, 2025 at 9:30 am