२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

एमालेले घोषणा गर्यो युथ भोलेन्टियर फोर्स

१६ कात्तिक, काठमाडौं। नेकपा (एमाले) ले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचार संहिता पनि बनाएको बताउनुभयाे ।‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं। उहाँले भन्नुभयाे ।

यस फोर्सले युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरसँग समन्वय गर्दै नेताहरूको सुरक्षा र अराजकता नियन्त्रणमा काम गर्नेछ ।

प्रकाशित मिति : 15:47