१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

उच्च अंकले बढ्यो नेप्से, ९ अर्ब २० करोडको कारोबार

१६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३०.६५ अंकले बढेर २६३१.१४ को बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव १७ र जीवन बिमा समूह चार दशमलव ३५ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव ९०, होटल तथा पर्यटन एक दशमलव २०, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९६, लघुवित्त एक दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा एक दशमलव ३३ र अन्य समूह एक दशमलव २३ प्रतिशतले बढेको छ

आज ६ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड, तेह्रथुम पावर कम्पनी, गुह्येश्वरी मर्चेन्ट फाइनान्सको सेयरमा सकारात्मक सर्किट लाएको हाे । यस दिन खानी खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.७६ प्रतिशत घटेको छ।

यस दिन हिमालयन बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ६६ करोड ५० लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको ३४ करोड ३० लाख ५५ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको २५ करोड ४८ लाख रुपैयाँ, राधि विद्युतको २४ करोड ५० लाख रुपैयाँको काराेबार भएकाे छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १५:२८