६ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३०.६५ अंकले बढेर २६३१.१४ को बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ६ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड, तेह्रथुम पावर कम्पनी, गुह्येश्वरी मर्चेन्ट फाइनान्सको सेयरमा सकारात्मक सर्किट लाएको हाे ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १५:२२










