३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३०.६५ अंकले बढेर २६३१.१४ को बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन हिमालयन बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ६६ करोड ५० लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको ३४ करोड ३० लाख ५५ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको २५ करोड ४८ लाख रुपैयाँ, राधि विद्युतको २४ करोड ५० लाख रुपैयाँको काराेबार भएकाे छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १५:१२