युनिक नेपाल लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा आले नियुक्त
१६ कात्तिक, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा हिरा बहादुर आले नियुक्त हुनुभएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आलेलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई मंसिर १ गतेदेखि लागू हुनेगरी २ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १५:०१












