२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

जनार्दन शर्माले गरे माओवादी सचिवालय बैठक बहिस्कार

१६ कात्तिक, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को सचिवालयय बैठक नेता जनार्दन शर्माले बहिस्कार गर्नुभएकाे छ । आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नेता शर्मा सहभागी नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयाे ।

शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने पक्षमा फरक मत राख्नुभएकाे थियाे । आफ्नो भनाइ राखेर उहाँ बैठकबाट बाहिरिनुभएकाे छ । पार्टी एकताको निर्णयलाई अनुमोदन गर्नका लागि कात्तिक १८ केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको सापकोटाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १२:२६