२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रि ओपन सेसनमा करिब १४ अंकले बढ्यो नेप्से

१६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले बढेको छ। यस दिन सो सेसनमा १३.७९ अंकले बढेर २६१४.१८ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ५९ स्टकको ९० पटकको कारोबारमा १ करोड ७७ लाख ८६ हजार १७० रुपैयाँ ३० पैसाबराबरको ३१ हजार ४९० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 2, 2025 at 10:58 am