२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१६ कात्तिक, काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ताेलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आजका लागि छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँ थियो ।

यस दिन चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ तोलामा ५ रुपैयाँले घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १०:५४