२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ

१६ कात्तिक, काठमाडौं । शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङ काठमाडौंको फोहोर बिसर्जनस्थल बञ्चरेडाँडा पुग्नुभएकाे छ । विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा पुग्नुभएकाे हाे ।

गत बुधबारदेखि स्थानीयले बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १०:१२