२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एमालेले तयार गर्यो एघारौं महाधिवेशनमा प्रतिनिधि चयनको आधार

१५ कात्तिक, काठमाडाैँ । नेकपा (एमाले)को सचिवालय बैठकले एघारौं महाधिवेशन, प्रतिनिधि चयन सम्बन्धी आधार तय गरेको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले माहाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णयहरू गरेको हो ।

बैठकले यसअघि पोखरामा गर्ने निर्णय भएको महाधिवेशन काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ उपत्यका छाड्न प्रतिबन्ध लगाएका कारण एमालले महाधिवेशनको स्थान नै परिवर्तन गर्ने निर्णय गरेको छ ।

dainiki.com

एमालेले यसअघि मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । एमालेले मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि चयन गर्ने निर्णय पनि गरेको छ । मंसिर १४ गतेसम्म प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा पठाउने समय सीमा एमालेले तोकेको छ ।

सचिवालयको निर्णय अनुसार एमालेको प्रतिनिधि संख्या र संरचना यस्तो हुनेछ

• प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा:
• प्रति १२०० सदस्यमा खुला २ र महिला १
• त्यसपछि १ युवा (४० वर्ष मुनि)
• त्यसपछि प्रति ८०० सदस्यमा १ महिला प्रतिनिधि
• दोस्रो र तेस्रो खुला, चौथो महिला
• दलित कोटा: प्रति ५०० सदस्यमा १ प्रतिनिधि
• ट्रेड युनियन: प्रदेशगत २:५ गरी ७ जना प्रतिनिधि
• जनसङ्गठन: ५ जना
• महासङ्घीय संगठन: ७ जना
• प्रदेश कमिटी: ३:२ अनुपातमा प्रतिनिधित्व
• विभाग र कार्यालयहरू: प्रत्येकबाट १/१ जना
• प्रवासी कमिटी: महादेशगत ५ जना (३:२ अनुपातमा)
• पदेन सदस्यहरू:
• केन्द्रीय निर्वाचन आयोग – ३५४
• अनुशासन आयोग – २९
• लेखा आयोग – ३०
• निर्वाचन आयोग – २५
• सल्लाहकार समिति – २५
• जम्मा पदेन प्रतिनिधि: ४६४ जना
• प्रदेशबाट: ४५ जना
• प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित: करिब ९७० जना
• विशेष जिल्ला: ४७ जना
• दलित: ८१ जना
• ट्रेड युनियन: ४९ जना
• प्रवास: ३० जना
• केन्द्रीय विभाग र कार्यालय: ३३ जना
• जनसङ्गठन: १२७ जना
• अनुमानित कुल प्रतिनिधि संख्या: करिब १,८५६ जना
• ५% मनोनयन सहित: करिब २,१०० जना

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार २०:००