२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

मनाङको तिलिचो बेश क्याम्पमा फसेका ११ पर्यटकको उद्दार 

१५ कात्तिक, काठमाडाैँ । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका ११  जना आन्तरिक  पर्यटकको  कार्तिक १५ गते शनिबार  बिहान ६ बजे  सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।

यस अघि २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण  तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा २ चिनियाँ र ११ नेपाली गरि १३ जना मात्र रहेको फेला परेको छ ।

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि हिजो कार्तिक १४ गते त्यस तर्फ गएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले शनिबार बिहान ११ नेपालिलाइ चामे तर्फ ल्याउंदै गरेको छ । चिनियाँ नागरिक  भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेश क्याममानै बसेका छ्न् । ११ मध्ये १ जना महिला बिरामी , १ जना पुरुषको खुट्टामा चोट लागेको तथा  सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार १०:०४