२२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025

एमाले सचिवालय बैठक बस्दै, महाधिवेशनको कार्यतालिका तय गर्ने

३० कात्तिक, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजेपछि अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नेछ । महाधिवेशनको प्रतिनिधि चयनको रूपरेखाका बारेमा बैठकले निर्णय गर्नेछ । अध्यक्ष ओली सकेसम्म प्रतिनिधि कम गरेर महाधिवेशन सम्पन्न गराउने र आफू पुनः अध्यक्षमा दोहोरिने प्रयत्नमा हुनुहुन्छ । सचिवालय बैठकमा ओलीका लागि सहज हुने गरी प्रस्तावहरू प्रस्तुत हुनेछ ।

एमालेले ११ औँ महाधिवेशन मंसिर अन्तिम साता पोखरामा गर्ने तयारी गरेको छ । एमालेमा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन हुनेछन भने जनसंगठन, केन्द्रीय विभाग, केन्द्रीय कार्यालय र प्रवासका कमिटीबाट प्रतिनिधि छनौट हुनेछन ।

 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार ०९:३१