माओवादीसँगको एकतामा हामी सहभागी हुँदैनौं: रामकुमारी झाक्री
१४ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले माओवादी केन्द्रसँगको एकतामा आफूहरू नजाने बताउनुभएकाे छ ।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भए पनि आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने बताउनुभएकाे हाे ।
एकीकृत समाजवादी र माओवादीसहित विभिन्न पार्टीहरूबीच एकता गर्ने गरी छलफल चलिरहेको छ। यसै सन्दर्भमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ।
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १७:५७












