नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
१४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त हुनुभएकाे छ । अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेकाे जानकारी दिएको हो ।
एफसी एसियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई मुख्य प्रशिक्षक नियुत्त गरिएको एन्फाले जनाएको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १७:३४












