नेप्सेमा ३१ लाख ६३ हजार कित्ता सेयर सूचीकृत
१४ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद जारी गरेको थियो । सोही हकप्रद आज नेप्सेमा सूचीकृत भएको हो ।
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १६:०८













