कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
१४ कात्तिक, काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो।
अब केन्द्रीय समिति बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १५:३०












