२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

१४ कात्तिक, काठमाडौं। न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरिका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्।

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्।

नर्सिङ संघ विभिन्न १५ माग राखेर कात्तिक ४ गतेदेखि आन्दोलित छ। कात्तिक ४ गतेदेखि ११ गतेसम्म कालो पट्टि बाँधेर काम गरेका थिए।कात्तिक १२ देखि १‍८ गतेसम्म दिनको दुई घन्टा बिहान १० देखि १२ बजेसम्म नर्सिङ सेवा बन्द गरेका छन्। संघले अघि सारेको मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : 12:43