नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त
१४ कात्तिक, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त हुनुभएको छ । नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहनु भएका मनोज कुमार यादवको स्थानमा भट्ट नियुक्त भएका हुन् ।
उहाँलाई कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार ११:५१












